सडक निर्माणका लागि तीन करोड विनियोजन

बैतडी । संघीय सरकारले जिल्लाका पाँच सडकलाई प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्षमा काम सक्नेगरीे सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत पाँच सडकका लागि बजेट विनियोजन गरेको हो ।
जिल्लाको पाटन–कैलपाल–देवल सडकका लागि रु ५० लाख, धामीगाउँ–बाइम–मनकुडा–पुर्चौंडी सडकका लागि रु ५० लाख, देउझाडी–नगराउँ–धामीगाउँ–डिलाशैनी सडकका लागि रु ५० लाख, सकार–बयलचौर–पाटन सडकका लागि रु ५० लाख र सतबाँझ–श्रीभावर सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको हो ।
सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यी सडक निर्माण गरिने बताइएको छ । यसअघि सङ्घीय सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत बैतडीका लागि पनि बजेट विनियोजन भएको थियो । पाटन नगरपालिकाका लागि रु ४९ करोड ३६ लाख, दशरथचन्द नगरपालिकाका लागि रु ४७ करोड २९ लाख, पुर्चौंडी नगरपालिकाका लागि रु ४८ करोड ४९ लाख र मेलौली नगरपालिकाका लागि रु ३८ करोड १५ लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै गाउँपालिकामा सबैभन्दा बढी दोगडाकेदारका लागि रु ३८ करोड ९० लाख, डिलाशैनीका लागि रु ३६ करोड ४४ लाख, पञ्चेश्वरका लागि रु ३० करोड ८४ लाख, सिगासका लागि रु ३२ करोड ३७ लाख, सुर्नयाका लागि रु ३२ करोड ४० लाख र शिवनाथका लागि रु २५ करोड ९९ लाख विनियोजन गरिएको छ ।
जिल्लामा छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तह छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया