धार्केका किसानले नियन्त्रणमा लिए मल बोकेका दुई ट्रक (भिडियोसहित)

काठमाडाैं । धादिङस्थित धार्केका किसानले डिएपी, युरिया मल बोकेर काठमाडौंतर्फ आउँदै गरेका दुई ट्रक कब्जामा लिएका छन् । मलको चरम अभाव झेलिरहेका किसानले केही बोरा आफैंसँग लिएर गएका छन् ।
बालिमा हाल्ने रासायनिक मलको अभाव भएपछि मल बोकेर आएको २ वटा ट्रकलाई रोकेर मल नियन्त्रणमा लिन खोजेको धार्केका एक स्थानीयले बताए ।
दुई ट्रकमा ल्याइएको करिब ४०० बोरा मल अवैध भेटिएपछि धादिङको चरौदीमा नियन्त्रणमा लिइएको थियो । सशस्त्रका दुई प्रहरीले काठमाडौं ल्याउँदै गरेको मल शनिबार दिउँसो धार्केका स्थानीयले नियन्त्रणमा लिएर खोसेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
ट्रकमा रहेका दुई सशस्त्र प्रहरी स्थानीयसामु निरीह बनेको र आफ्नो टोली पुगेर स्थानीयलाई तितरबितर पारेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
खानीखोला प्रहरीका अनुसार, करिब ५०–६० बोरा मल स्थानीयले आफैंसँग लिएर गएका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया