बलुचिस्तानमा तीन मजदुरको गोली हानी हत्या
काठमाडौं (एजेन्सी) । बलुचिस्तान प्रान्तको हर्नाई जिल्लामा रहेको एक श्रम शिविरमा बन्दुकधारीहरूले गोली चलाउँदा तीन कामदारको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।
प्रहरी स्रोतलाई उद्धृत गर्दै डनले जनाए अनुसार शुक्रबार करिब १०० जना कामदारसहितको श्रम शिविरमा बन्दुकधारीले गोली चलाएको थियो। जियो न्युजका अनुसार बन्दुकधारीहरूले पाल र मेसिनमा पनि आगो लगाएका थिए।
बलुचिस्तानका मुख्यमन्त्री अब्दुल कुदुस बजेन्जोले गोलीबारीको निन्दा गर्दै सम्बन्धित निकायबाट घटनाको बारेमा सत्यतथ्य प्रतिवेदन मागेका छन् । बलुचिस्तानमा यस्ता हमलाहरू बढ्दै गएका छन् । विगतमा कामदारहरू माथि आक्रमणका यस्ता हुने गरेका थुप्रै घटनाहरू रिपोर्ट गरिएका छन्।
यस हप्ताको सुरुमा, पाकिस्तानको कोइला खानी कम्पनीका चार कामदारहरूलाई सशस्त्र व्यक्तिहरूले बन्दुकको नोकमा सोराङ कोइला क्षेत्र नजिकैको स्पाइन(करेज क्षेत्रमा आफ्नो कार्यालयबाट अपहरण गरेका थिए।
गत वर्ष, पाकिस्तानको बलुचिस्तान प्रान्तको हर्नाई जिल्लाको जालावान क्षेत्रमा अज्ञात सशस्त्र व्यक्तिहरूले कम्तिमा तीन कोइला खानी कामदारको गोली हानी हत्या गरेका थिए। आक्रमणकारीले कोइला खानीमा पुगेर कोइला खानीमा गोली चलाउँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो।
त्यसअघि क्वेटाबाट करिब ७० किलोमिटर टाढाको कोइलाफिल्डमा हतियारधारीहरूले तीन कोइला खानी मजदुरको गोली हानी हत्या गरेका थिए।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया