थप २३ जनामा कोरोना पुष्टि, ११० सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार २७ जनामा कोरोना परीक्षण गर्दा पिसीआर विधिमा १८ र एन्टीजेन विधिमा ५ जना गरी थप २३ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
गत २४ घण्टामा १२ जना निको भइ घर फर्किएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार ३०० पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
त्यस्तै आइतबार कसैको पनि मृत्यु भएको छैन् । नेपालमा हालसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११० जना सक्रिय संक्रमित छन् भने खोप लगाउनेको संख्या ५२ हजार ३०९ रहेको छ ।

ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया