पेट्रोलियम पदार्थमा लगाएको कर खारेज गर्न सरकारसँग राप्रपाको माग
काठमाडौं । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ । गएरातिबाट लागु हुनेगरी सरकारले पेट्रोलमा २१ र डिजेलमा २७ रुपयाँ मूल्यवृद्धि गरेपछि त्यसको विरोधमा आइतबार राप्रपाले आयल निगमको कार्यलय टेकुमा पुगेर ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि नभइ नेपालमा मूल्यवृद्धि भएको, खरिद मूल्य र विक्रिमूल्यको वास्तविक तथ्याङ्का सार्वजनिक नगरेको, प्रतिलिटरमा भएको मूल्यवृद्धिको सूचीकरण नगरिएको, प्रतिलिटर पेट्रोल र डिजेलको मूल्यमा सरकारले लगाएको कर सार्वजनिक गर्न माग गरिएको छ । त्यस्तै आयल निगमले सरकारले लगाएको कर र मूल्यवृद्धिबारे यथेस्ट जानकारी आयल निगमले कहिँ कतै गराएको उसले आरोप लगाएको छ ।
राप्रपाले पेट्रोल र डिजेलको भाडादर सार्वजनिक गर्नुपर्ने, भिआइपीहरूले निशुल्क पेट्रोल र डिजेल लिने गरेको देखिएको भन्दै महिनामा कति लिटर खपत हुने गरेको त्यसको जानकारी दिन माग गरिएको छ ।
ज्ञापनपत्र बुझाएपछि राप्रपाका प्रवत्ता ज्ञानेन्द्रबहादुर शाहीले पेट्रोल र डिजेल जस्तो हरेक नागरिकको जीवनसँग जोडिएको विषयमा सरकारले चर्को कर लगाएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन् । कर खारेज नगरे कडा आन्दोलन गर्ने शाहीले चेतावनी दिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया