एसीसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा पुग्यो नेपाल
काठमाडौं । मलेसियास्थित किनरारा क्रिकेट मैदानमा भएको खेलमा बहराइनलाई हराउँदै नेपाल एसीसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।
नेपालले बहराइनलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।
मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका बलर कविता कुँवर, अस्मिना कर्मचार्य र सबनम राईले समान २ विकेट लिएका थिए । बहराइन १४ रनमै सीमित भएको छ ।
बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३.४ ओभरमा २ विकेट पूरा गरेको हो । वर्षाका कारण सात ओभरमा घटाइएको खेलमा बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै जम्मा १४ रन बनाएको थियो ।
अघिल्ला दुई खेलमा नेपालले भुटान र कुवेतलाई हराएको थियो । अन्तिम खेलमा नेपाल हङकङसँग खेल्नेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया