वाग्मतीमा माछा खोज्दै ‘धराने बा’ !
काठमाडौं । कोटेश्वरमा रिर्पोटिङको काम सकेर अपरान्हतिर म ललितपुरको युएन पार्कस्थित कार्यालयतिर आउँदै थिएँ ।थापाथलीस्थित वाग्मती पुलमुनि एक वृद्ध मानिसमाथि मेरो नजर टक्क अडियो ।
उनी हातमा माछा मार्ने जाल लिएर नदीको भंगालोमा जाल फ्याँकिरहेका थिए । हाउभाउ देख्दा उनी माझी जस्तै देखिन्थे । उनका यी गतिविधि वरपरका मानिसहरूले निकै चाख मानेर हेरिरहेका थिए । यी दृष्यले मेरो मनलाई समेत आकर्षित गर्यो । त्यहाँ नगइ मनले मानेन । मोटरसाइकललाई नजिकै पार्किङ गरेर म पनि ती मानिस भए नजिकै गएँ ।

ती ‘बृद्ध बा’बारे थप जानकारी लिनका लागि मैले उनका गतिविधि सबै मेरो क्यामेरामा कैद गर्ने निष्कर्षमा पुगेँ ।
नजिकै गएर उनीबारे सोधेँ । उनले आफ्नो नाम ललित राई रहेको र आफू ६५ वर्षको भएको बताए । घर कता हो, बु्वा ? यहाँ किन आउनुभयो ? मैले फेरि प्रश्न तेस्र्याएँ । जवाफमा ती बृद्धले आफ्नो घर सुनसरीको धरानस्थित न्युरोड भएको बताए । यस्तै, उनले आफू वाग्मतीमा माछा मार्न आएको अनौठो जवाफ दिए ।

राई श्रीमती र छोराछोरीका साथ कोटेश्वरमा बस्छन् । वर्षामा वाग्मतीको बहाव बढेकाले माछा पाइने आसमा माछा मार्न आएको उनले बताए । राई भूतपूर्व गोर्खा सैनिक हुन् । वाग्मती नदी फोहरले ढलमती भएकोमा उनले दुःख मनाउ गरे । ‘अब वाग्मती नदी सफा भएर माछा पाइनेमा मलाई आशा छैन’, राईले भने ।
धरानमा हुँदा कहिलेकाहीँ माछा मार्ने गर्थे उनी । वाग्मतीमा माछा पाइने आसमा आएका उनी नदीको दुर्गन्धित अवस्था देखेर निराश देखिन्थे ।
तस्बिर : अमरदीप श्रेष्ठ/नेपालवाच ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया