एकीकृत समाजवादीले बोलायो एकैपटक तीन तहको बैठक, के–के छन् एजेण्डा ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचन, प्रदेश र संघीय निर्वाचनको तयारी तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न एकैपटक केन्द्रीय समिति, पोटिब्यूरो र केन्द्रीय परिषदको बैठक बोलाएको छ ।
असार १० मा पोलिटब्यूरो, ११ गते केन्द्रीय समिति बैठक बोलाएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार १३ र १४ गते केन्द्रीय परिषद बैठक बोलाएको हो ।
‘पछिल्लो राजनीतिक घटनाक्रम, आगामी संघीय निर्वाचनको तयारी सम्बन्धमा वृस्तित छलफल गर्न आवश्यक रहेकोले पार्टीको तीन वटै बैठक आलाएको हो’, उनले भने, ‘केन्द्रीय कमिटी बैठकले केन्द्रीय परिपषदमा प्रस्तुत गर्ने एजेण्डा तय गर्नेछ । बैठकमा प्रदेश र संघीय निर्वाचनको तयारी, एसपीपी सम्झौता लगायत राजनीतिक विषयमा गम्भीर समीक्षा हुनेछ ।’
केन्द्रीय समितिको बैठक बबरमहलस्थित कार्की ब्याङक्वेटमा बस्नेछ भने केन्द्रीय परिषदको बैठक राष्ट्रिय सभा गृहमा हुनेछ । एकीकृत समाजवादीमा करिब १५ सयको हाराहारीमा केन्द्रीय परिषद् सदस्य रहेका छन् । उक्त बैठकमा अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ ।
स्थानीय तह निर्वाचनमा गठबन्धनबाट अपेक्षित सहयोग नपाएको भन्दै कांग्रेस र माओवादीसँग रूष्ट रहेको एसले आगामी निर्वाचनको तयारी सम्बन्धमा रणनीति बनाउनेछ । आफूले सिफारिस गरेको नेताहरूलाई मन्त्रीमा नियुक्ती नगरेकोमा पनि एकीकृत समाजवादी प्रधामन्त्रीसँग असन्तुष्ट रहेको छ ।
प्रतिक्रिया