विदेशमा रहेका नेपालीलाई मताधिकार दिन माग गर्दै कांग्रेस महामन्त्रीद्वय निर्वाचन आयोगमा
काठमाडौं । नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीहरूलाई मताधिकार दिन माग गरेको छ ।
मताधिकार माग गर्दै आज कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् ।
उनीहरूले आयोगका पदाधिकारीहरूलाई भेटेर विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन माग गरेका छन् ।
महामन्त्री शर्माले पत्रकारहरूसँग कुरा गर्दै सोमबार भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि यसप्रति सकारात्मक देखिएकाले आफूहरू माग गर्दै आयोग आएको बताए ।
‘विदेशमा बस्ने नेपालीले पठाएको नोट चल्ने तर भोट नचल्ने भइरहेको छ । अब यो परिपाटी अन्त्य गरिनुपर्छ,’ उनले भने ।
निर्वाचन आयोग पनि यसप्रति सकारात्मक देखिएको महामन्त्रीद्वयको भनाइ छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया