थप १९ जनामा कोरोना पुष्टि, १२४ सक्रिय संक्रमित
काठमाडौं । गत २४ घण्टामा २ हजार ८१४ जनामा कोरोना परीक्षण गर्दा पिसीआर विधिमा १४ र एन्टीजेन विधिमा ५ जना गरी थप १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२४ जना सक्रिय संक्रमित छन् भने १० जना कोरोनामुक्त भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार ३२० पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
मन्त्रालयका अनुसार मंगलबार कसैको पनि मृत्यु भएको छैन् । हाल सम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । गत २४ घण्टामा कोरोनाविरुद्ध खोप लगाउनेको संख्या ७३ हजार ३०१ रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया