पुष्पलाल लोकमार्गकाे बागलुङ खण्डमा सुरुङमार्ग अध्ययन हुँदै
बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गतको बागलुङ खण्डमा सुरुङमार्ग बनाउन अध्ययन थालिने भएको छ ।
लोकमार्ग बागलुङको काठेखोला स्थित अछतेदेखि बिहुँ गलकोटको नरेठाटी सम्मको सुरुङ मार्ग अध्ययन गरिने भएको छ । यसका लागि संघीय सरकारले ५० लाख बजेटसमेत विनियोजन गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्ग अध्ययनका लागि ५० लाख रकम विनियोजन गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले जानकारी दिए ।
सरकारले आर्थिक वर्ष २०७९/८० का लागि २४ नयाँ सुरुङ सम्भाव्यताका लागि नयाँ आयोजना छनोट गरेको छ । ती मध्ये मध्यपहाडी लोकमार्गको अछेते–गलकोट खण्डको सुरुङमार्ग समावेश भएको हो ।
गत फागुनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पौडेलले योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग छलफल गरी बागलुङको अछेत–बिहुँ देखि गलकोटको नरेठाटीसम्मका लागि सम्भाव्यता अध्ययनका लागि योजनामा समावेश गरिदिन आग्रह गरेका थिए ।
आगमी आर्थिक वर्षमा संभाव्यताको काम अगाडी बढ्ने उनले जानकारी दिए । अछेते, बिहुँ घोडाँबाधे, नरेठाँटी हुँदै गलकोट पुगेको सडकमार्गमा शुरङमार्ग बनाउदा यात्रा बरिब डेढ घण्टा यात्रा छोट्टिनेछ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया