दाङमा आँखा क्यान्सरको सफल शल्यक्रिया
दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया भएको छ । शरीरका विभिन्न भागमा फैलिँदै गरेको आँखाको क्यान्सरको आँखा रोग विशेषज्ञको टोलीले शल्यक्रिया गरेको हो ।
आखाँमा ट्युमर पलाई लामो समयदेखि पीडित रहेका तुलसीपुर उपमहानगरपालिका–१४ निवासी प्रेमबहादुर वलीको शल्यक्रिया गरिएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार साबिक राप्तीमै पहिलो पटक प्रतिष्ठानमा यो शल्यक्रिया सफल भएको हो । वलीले अर्को आँखा पहिलेदेखि नै नदेख्ने थियो। त्यसपछि उनले भरतपुर क्यान्सर अस्पतालसहितका अस्पतालमा उपचार गराउँदा पनि सम्भव हुन सकेको थिए ।
वली राप्ती आँखा अस्पताल रक्षाचौर आएपछि आँखा क्यान्सर विशेषज्ञ तथा अकु प्लाष्टिक सर्जन डा सुरेश रसाइली नेतृत्वको नेत्र चिकित्सक, असिस्टेन्ट शान्ता रेग्मी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एनेस्थेसियेलोजिष्ट डा कुन्दन घिमिरेको टोलीले प्रतिष्ठानमा बिरामीको आँखाको गेडीलगायत सबै क्यान्सर निकालेर शल्यक्रिया गरेको हो ।
उच्च जोखिम लिएर आफूहरुले प्रतिष्ठानमा सफल शल्यक्रिया गरेको शल्यक्रियामा संलग्न आँखा रोग विशेषज्ञ चिकित्सक रसाइलीले बताए। आँखा अस्पताल रक्षाचौरमा सामान्य शल्यक्रिया हुने गरेको भए पनि पूरै बेहोस बनाएर शल्यक्रिया हुँदैन ।
प्रतिष्ठानमा एनेस्थेसियासहितका चिकित्सक र पूरै अत्याधुनिक शल्यक्रिया कक्ष भएकाले पनि शल्यक्रिया गर्न सहज भएको डा रसाइलीले बताए ।
आँखाको क्यान्सर फैलिएपश्चात् बिरामीको दिमागमा र अन्य शरीरका भागमा असर गर्ने भएकाले बिरामीको जीवन बचाउन शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया