इच्छाराज प्रकरणमा मुछिएका न्यायाधीशले दिए स्पष्टीकरण

काठमाडौं । ठगी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङलाई छुटाउन वकिल र न्यायाधीशबीच मोल–मोलाइ भएको अडियो बाहिरिएपछि आरोपित न्यायाधीश राजकुमार कोइरालाले मुख खेलेका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत समचारको खण्डन गरेका हुन् । जिल्ला अदालत काठमाडौंमा कार्यरत कोइरालाले आफूबाट अनुचित कार्य नभएको र विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको दाबी गरेका छन् ।
‘मबारे आज आएको समाचार प्रति मेरो ध्यानाकर्षण भएको छ । मबाट कुनै अनुचित कार्य भएको छैन ।विभिन्न प्रभाव र दबाबका बावजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु’, न्यायाधीश कोइरालाले भने, ‘ममाथि न्याय परिषदबाट छानबीन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिवद्धता व्यक्त गर्दछु ।
तामाङलाई छुटाउनका लागि वि सं २०७८ पुसमा वकिल र न्यायाधीशबीच भएको उक्त संवाद न्यूज २४ को ‘सिधा कुरा जनतासँग‘ले सार्वजनिक गरेको थियो । यसै विषयम छानबिन गर्न का.मु. प्रधानन्यायाधीश दीपक कुमार कार्कीले न्यायपरिषदको आकास्मिक बैठक बोलाएका छन् ।
https://www.facebook.com/rajkumarko/posts/pfbid02YTYGfGifAFaTLJgXACwreYZWP3xK29pq6PDKTKJriuJe55ZzRUTUcH2wCdCg8LkCl?__cft__[0]=AZXiSUCiquUz-KMreuViGD65hE0KB6v_VtVln6RAFkDRWVNwhl5miuRlLkfBcJaQrRdZlwylYC3SHy-YTojapwlhsWw456wga2-SWADO76zXgTApKHmC1Z58axNwMmI4r6smQd6qtzHsrMu1_UvPx1rb&__tn__=%2CO%2CP-R
इच्छाराजलाई छुटाउन वकिलमार्फत न्यायाधीश राजकुमारलाई दुई करोड घुस !
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया