इच्छाराजलाई छुटाउन न्यायाधीश र वकिलबीचको घूस मोलमोलाइ छानविन गर्न समिति गठन
काठमाडौं । व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन २ करोड मोलमोलाइ गरेको विषयमा न्यायाधीश र अधिवक्ताबीच भएको अडियोको सम्बन्धमा छानविन गर्न गर्न समिति गठन भएको छ ।
न्यायपरिषद्को बैठकले काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचको मोलमोलाइसम्बन्धी अडियो र समाचारबारे छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको हो ।
छानविन समितिको संयोजक रामप्रसाद श्रेष्ठलाई तोकिएको कानुनमन्त्री गोविन्द बन्दीले जानकारी दिए ।
यो घूस प्रकरणबारेको १० हाराहारीको अडियोबारे समाचार न्युज २४ टेलिभिजनले मंगलबार प्रसारण गरेको थियो ।
जिल्ला न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता पोखरेलबीच दुई करोड घुस लिएर इच्छाराज तामाङलाई धरौटीमा छाड्ने गरी भएको टेलिफोन संवाद मंगलबार साँझ न्युज २४ टेलिभिजनमा प्रसारण भएको थियो।
तर काेइरालाले अनुचित कार्य नगरेकाे सामाजिक संजालमा लेख्दै छानविनमा सहयाेग गर्ने प्रष्ट्याएका छन् ।
इच्छाराजलाई छुटाउन वकिलमार्फत न्यायाधीश राजकुमारलाई दुई करोड घुस !
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया