हैजाका ४ जना बिरामी भेटिए
काठमाडौं । काठमाडौंमा हैजाका बिरामी फेला परेका छन् । हालसम्ममा हैजा चार जनालाई पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण फैलिनसक्ने चेतावनी दिँदै सर्तक रहन मन्त्रालयले आग्रहसमेत गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिन समिति गठन गरेर हैजा रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गरिरहेको छ ।
हैजा पुष्टि भएका स्थानमा नमुना संकलन गरेर अध्ययन गर्दा काठमाडौंका पाँच ठाउँमा यसका जिवाणु भेटिएको छ । विगतमा काठमाडौंमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने विज्ञहरूको भनाइ छ । नेपालमा हैजाको संक्रमण दिनानुदिन बढ्दै गएका कारण थप फैलिन सक्ने भन्दै सर्तक रहन भनिरहेका छन् ।
झाडापखालाका बिरामी बढिरहेका समयमा हैजाको संक्रमण पुष्टि भएपछि अस्पतालले पनि सतर्कता अपनाउन थालेका छन् । अहिले झाडापखालाका दिनहुँ १० देखि २० जना बिरामी अस्पताल पुग्ने गरेका छन् । झाडापखालाका कारण अस्पताल पुगेका बिरामीमा हैजा पुष्टि भएको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया