थप ४९ जनामा कोरोना पुष्टि, १२ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४९४ जनामा कोरोना परीक्षण गर्दा थप ४९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ जना संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६७ हजार ३४२ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
त्यस्तै बिहीबार कसैको पनि मृत्यु भएको छैन् । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १६३ जना सक्रिय संक्रमित छन् भने कोरोनाविरुद्ध खोप लगाउनेको संख्या ८५ हजार ६५७ रहेको छ ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया