माओवादी निर्वाचन आयोगका प्रमुख श्रेष्ठ चीनका लागि राजदूत नियुक्त
काठमाडौं । छिमेकी मुलुक चीनका लागि नेपालको राजदूतमा विष्णु पुकार श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियक्त गरेकी हुन् ।
श्रेष्ठलाई संसदीय सुनुवाई समितिले जेठ ३ मा राजदूतका लागि अनुमोदन गरेको थियो । राजदूत विष्णुपुकार श्रेष्ठलाई चीन सरकारले असार ५ मा अग्रिमो (स्वीकृति) दिएको थियाे ।
माओवादी केन्द्रको कोटाबाट राजदूत भएका श्रेष्ठ निर्वाचन आयोगका प्रमुख थिए । माओवादीको आठौं महाधिवेशन उनकै नेतृत्वमा गराएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया