आलेलाई मन्त्रीबाट हटाउन र चुनाव लड्न रोक्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई मन्त्रीको रुपमा काम गर्न नदिन र उनलाई चुनाव लड्नसमेत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
उनले गरेको अश्लील गाली गलौजको विषयमा लिएर उनीमाथि बिहीबार सर्वोच्चमा रिट दायर भएको हो ।
अधिवक्ताद्धय किशोर पौडेल र अनुपम भट्टराईले सर्वोच्चमा उक्त रिट दर्ता गरेका हुन् ।
मन्त्री आलेले नेपाल वायु सेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लील गाली गलौज गरेको अडियो बाहिर आएको थियो ।
यसअघि पनि भारतमा बस्दै गरेका अछामका एक युवालाई पनि आलेले यस्तै अश्लील गाली गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया