मन्त्रिपरिषद् हेरफेरमा प्रचण्ड किन गर्दैछन् आनाकानी ?
काठमाडौं । माओवादी केन्द्र अध्यक्ष प्रचण्ड तत्काल मन्त्रिपरिषद हेरफेरको पक्षमा छैनन्। एकीकृत समाजवादीका मन्त्री हेरफेर भए त्यसको प्रत्यक्ष दबाब आफूमाथि पर्ने बुझाइ दाहालमा छ। माओवादीमा अर्थमन्त्री जनार्दन शर्मा तत्कालै परिवर्तन गर्नुपर्ने दबाब छ। दाहाल भने मन्त्री शर्मा हटाउने ‘मुडमा’ छैनन्।
मन्त्री शर्माले बजेट निर्माणको मध्यराति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दर तल–माथि गर्न लगाएका थिए। त्यससम्बन्धी खुलासा अन्नपूर्ण पोस्ट्ले गरेको थियो। तर, आफूलाई तत्काल नहटाउन मन्त्री शर्माले प्रचण्डमाथि दबाब बढाएको माओवादी स्रोतले बताउँछ। जसकारण प्रचण्डले ‘अर्थमन्त्री हटाउने भन्ने कुरा झुटो’ भएको भाषण गर्नुपरेको नेताहरू बताउँछन्।
तर, माओवादीभित्र पनि कि अर्थमन्त्रीलाई हटाउनुपर्ने, नभए संसदीय छानबिन समिति गठन गर्नुपर्ने दबाब छ। ‘अर्थमन्त्रीका विषयमा उठेको प्रश्न व्यक्तिको विषय होइन, पार्टीको हो,’ माओवादीका एक नेता भन्छन्, ‘यसबारे अध्यक्षले निर्णय गर्नै पर्ने अवस्था छ।’ अर्थमन्त्रीका विषयमा अध्यक्ष प्रचण्डले ‘हुन्छ, गर्नुपर्छ’ भन्ने मात्रै जवाफ दिने गरेको नेताहरू बताउँछन्। अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया