एकीकृत समाजवादीको निर्णय : छलफलका लागि मात्र एमसिसी अगाडि बढाउन सकिन्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा एमसिसी परियोजना छलफलका लागि अगाडि बढाउन सैद्धान्तिकरूपमा सहमति दिने निर्णय गरेको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा तथा सम्मानित नेता झलनाथ खनालको उपस्थितिमा आज बसेको स्थायी समितिको बैठकले यथास्थितिमा परियोजना पारित हुन नदिने तर छलफलका लागि अघि बढाउनमात्र दिने निर्णय गरेको प्रमुख सचेतक एवं पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
परियोजनाका केही राष्ट्रियताका विषयमा उठेका विवादित बुँदामा संशोधनसहित अगाडि बढाउन पार्टीले माग गर्दै आएको छ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया