अब विश्वकपको स्क्वाडमा २६ खेलाडी
काठमाडौं । कोरोना भाइरस महामारीका कारण गत वर्ष भएका ठूला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा २३ भन्दा बढी खेलाडी रोखिएको थियो ।
एउटा टोलीले युरोकपमा २६ र कोपा अमेरिकाका लागि २८ खेलाडी राखेका थिए । यसअघि २३ खेलाडीको मात्र स्क्वाड हुने गरेको थियो ।
यही वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा पनि हरेक टोलीले २६ खेलाडी राख्न पाउने भएका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले विश्वकपमा एक टोलीमा २६ खेलाडी राख्न दिने निर्णय गरेको छ ।
यसअघि २००२ देखि २२ बाट बढाएर २३ बनाइएको थियो । अब २६ पुगेको छ ।
२२ औँ संस्करणको विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म दोहामा हुँदैछ ।
रोनाल्डिन्होले छाने विश्वकप जित्ने एकमात्र टोली, आफ्नै देश छाडेर रोजे कट्टर प्रतिद्धन्द्धी
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया