रवि लामिछाने र रमेश खरेलबीच सहकार्य गर्न सहमति !
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच मिलेर अघि बढ्नेबारे कुराकानी भएको छ ।
७ असारमा पार्टी घोषणा गरेका रविले पहिलो पत्रकार सम्मेलन अघि लामिछाने र खरेलबीच आगामी राजनीतिक यात्रामा सहकार्य गरेर जानेबारे छलफल भएको हो ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ’ सुशासन पार्टीको फेसबुक पेजमा भनिएको छ, ‘दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ।’ तर कस्ताे सहमति भनेर खुलाइएकाे छैन ।
खरेल पूर्व डिआइजी हुन् । लामिछाने लामो समय टेलिभिजन पत्रकारिता गरेर राजनीतिमा आएका हुन् ।
लामिछानेले २१ जनाको टिम घोषणा गर्ने तयारी गरेका छन् । तर उनले प्रवक्ताबाहेकको नाम सार्वजनिक गरिसकेका छैनन् ।
परम्परागत राजनीतिक शक्तिलाई दबाब दिन लामिछानेले केही सेलिबे्रटी अनुहारलाई साथ लिएर हिँड्ने तयारी गरेका छन् ।
यसै तयारी स्वरुप लामिछाने र खरेलबीच कुराकानी भएको बुझिएको छ । तर खरेल अहिलेसम्म आफ्नै सुशासन पार्टीमा सक्रिय छन् ।
राजनीतिक सहकार्यको भरपर्दो र विश्वासिलो वातावरण बन्दा मिलेर अघि बढ्न आपत्ति नहुनेबारे दुईबीच छलफल भएको बताइन्छ ।
आगामी कात्तिकको अन्तिम वा मंसिरको पहिलो साता संघीय सांसदको निर्वाचन हुँदैछ ।
सेलिब्रेटी अनुहारका व्यक्तिले खोलेको पार्टीले यही चुनावबाट कांग्रेस, एमाले, माओवादी जस्ता परम्परागत बलिया शक्तिलाई चुनौती दिने तयारी गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया