नासाले चन्द्रमाको धुलो र साङ्ला फिर्ता माग्याे

बोस्टन । राष्ट्रिय वैमानिक तथा अन्तरिक्ष प्रशासन (नासा) ले आफ्नो स्वामित्वमा रहेको चन्द्रमाको धुलो र साङ्ला फिर्ता मागेको छ । नासको कदमले पाँच लाख डलरमा बिक्री हुन लागेको ४० ग्राम माटो र तीनवटा मरेका साङ्ला बेचिनबाट जोगिएका छन् ।
अन्तरिक्ष एजेन्सीले यहाँस्थित आरआर अक्सनलाई सन् १९६९ को अपोलो ११ मिसनमा संकलन गरिएको चन्द्रमाको धुलो र तीनवटा साङ्लाको बिक्री रोक्न तथा तत्काल ती फिर्ता गर्न माग गरेको हो ।
चन्द्रमाको चट्टानबाट संकलन गरिएको माटोमा स्थलचरमा प्रभाव पर्नेनपर्ने अनुसन्धान गर्न त्यो माटो ती साङ्लालाई ख्वाइएको थियो ।
नासाका वकिलले लिलामीकर्ता कम्पनीलाई पत्र लेखेर चालीस मिलिग्राम चन्द्रमाको माटो र तीनवटा मरेका साङ्ला रहेको शिशी संघीय सरकारको स्वामित्वमा रहेको सम्झाउँदै फिर्ता गर्न भनेका छन् ।
नासाको पत्र पाएपछि आरआर अक्सनले चार लाख डलरमा बेच्ने तयारी गरिएको माटो र साङ्लालाई अक्सनको सूचीबाट हटाएको छ ।
लिलामी रोक्न नासाले दुईपटक पत्राचार गर्नुपरेको थियो । अपेलो ११ मिसनले २१.३ किलोग्रामभन्दा बढी चन्द्रमाको चट्टान पृथ्वीमा ल्याएको थियो ।
उक्त चट्टानलाई धुल्याएर कीरा, माछा,साङ्लालगायत जीवलाई खुवाइएको थियो । चट्टानको धुलो विषाक्त भएन भएको निक्रयाेल गर्न तिनलाई त्यो खुवाइएको थियो ।
चन्द्रमाका धुलो खुवाइएका साङ्लालाई त्यति बेला नै मिनेसोटा विश्वविद्यालय लगेर कीटविद् मेरियन बुक्सबाट अनुसन्धान गराइएको थियो ।
चन्द्रमाको माटो विषाक्त नभएको उनले पुष्टि गरेकी थिइन् । पन्ध्र वर्षअघि नै ब्रुक्स यो संसारबाट बिदा भएकी छन् ।
ताजा अपडेट
-
एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित
-
प्रधानमन्त्री ओली र स्पेन सरकारका अध्यक्ष साञ्चेजबीच दुई पक्षीय भेटवार्ता
-
काँग्रेसले तय गर्यो केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा
-
नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चीनमा रहेका नेपालीलाई मन्त्री खड्काको आग्रह
-
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया