सप्तकोसीमा डुङ्गा दुर्घटना, एक बेपत्ता
सुनसरी । जिल्लाको वराहक्षेत्र नगरपालिका–२ स्थित सप्तकोसी नदीमा आज डुङ्गा दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
बाढी आएको बेलामा कोसी नदीमा दाउरा निकाल्ने क्रममा डुङ्गा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
चार जना युवा डुङ्गामा सवार रहेकामा स्थानीय दुर्गा काफ्ले, टीकराम बस्नेत र नितेश बस्नेतलाई सकुसल उद्धार गरिएको छ भने विष्ट बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका विष्टको खोजी भइरहेको छ । गोताखोर टोली, प्रहरी, स्थानीयवासीले खोजी गरिरहेको छ । खोजीकार्यलाई तीव्रता दिन सुरक्षा निकायलाई नगर प्रमुख रमेश कार्कीले आग्रह गरेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया