सप्तकोसीमा डुङ्गा दुर्घटना, एक बेपत्ता
सुनसरी । जिल्लाको वराहक्षेत्र नगरपालिका–२ स्थित सप्तकोसी नदीमा आज डुङ्गा दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
बाढी आएको बेलामा कोसी नदीमा दाउरा निकाल्ने क्रममा डुङ्गा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
चार जना युवा डुङ्गामा सवार रहेकामा स्थानीय दुर्गा काफ्ले, टीकराम बस्नेत र नितेश बस्नेतलाई सकुसल उद्धार गरिएको छ भने विष्ट बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका विष्टको खोजी भइरहेको छ । गोताखोर टोली, प्रहरी, स्थानीयवासीले खोजी गरिरहेको छ । खोजीकार्यलाई तीव्रता दिन सुरक्षा निकायलाई नगर प्रमुख रमेश कार्कीले आग्रह गरेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया