बाइडेनद्वारा बन्दुक नियन्त्रण विधेयकमा हस्ताक्षर
काठमाडौं (एजेन्सी) । राष्ट्रपति जो बाइडेनले शनिबार बन्दुक नियन्त्रण कानूनमा हस्ताक्षर गरेका छन् ।
दशकौंको बहसपछि बाइडेनले बन्दुक सुरक्षासम्बन्धी पहिलो महत्वपूर्ण संघीय विधेयकमा हस्ताक्षर गरेका हुन् । यो वास्तवमा आवश्यकभन्दा कम भए पनि यसले जीवन बचाउने विश्वास राष्ट्रपति बाइडेनले गरे ।
यूरोपमा प्रमुख कूटनीतिक शिखर सम्मेलनमा जानुअघि उनले ह्वाइट हाउसमा भने, ‘यो विधेयकले मैले चाहेको सबै कुरा गर्दैन, तर यसमा मैले लामो समयदेखि आह्वान गरेका कार्यहरू समावेश छन् जसले मानिसहरूको ज्यान बचाउनेछ ।
शनिबार बिहान हस्ताक्षर गरिएको यो विधेयक टेक्सासको उभाल्डेस्थित प्राथमिक विद्यालयमा बन्दुकधारी पसी १९ जना बालबालिका र दुई शिक्षकको हत्या गरेको एक महिनापछि लागू हुनेछ । उक्त हिंसापछि बन्दुकको हिंसा र राजनीतिक निष्क्रियताविरुद्ध देशव्यापी प्रदर्शन भएका थिए ।
पछिल्लो तथ्याङ्कअनुसार यस वर्ष संयुक्त राज्य अमेरिकाभरि २८१ बन्दुक आक्रमणमा परी २१ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया