स्थानीय तहले तिरेनन् सडक बत्तीको शुल्क
काठमाडौं । स्थानीय तहहरूले सडक किनारामा राखिएका बत्तीको महसुल नबुझाएको पाइएको छ । शुल्क नबुझाएपछि प्राधिकरणले ताकेता गर्दै अटेरी जारी राखे लाइन काटिदिने चेतावनी दिएको छ ।
देशभरका विभिन्न स्थानीय तहहरूले प्राधिकरणसँग अनुमति लिएर सडक किनारामा बत्ती जडान गरेका छन् । प्राधिकरणले आइतबार सडक बत्ती बाल्ने स्वीकृति लिएका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका तथा उपभोक्ता समितिले विद्युत् महसुल नबुझाएको जनाएको छ । तर उसले यस्ता स्थानीय तह र उपभोक्ता समूहको नाम भने सार्वजनिक गरेको छैन ।
‘सडक बत्ती प्रयोग गरेबापत यस प्राधिकरणबाट जारी विद्युत् बिलहरू समयमै भुक्तानी गर्न तथा बिल समर्थन गर्न बाँकी रहेका स्थानीय तह तथा उपभोक्ता समूहहरूले नियमानुसार संयुक्त प्रमाणीकरण गरी बिल समर्थन गरी यथाशीघ्र विद्युत् महसुल भुक्तानी गरिदिनुहुन अनुरोध छ,’ प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।
सूचनाको बावजुद शुल्क नबुझाएमा विद्युत् सेवा बन्द गर्ने चेतावनी प्राधिकरणले दिएको छ ।
‘उपरोक्तअनुसारको बक्यौता महसुल भुक्तानी नगर्ने वा भुक्तानी गर्नेगरी समर्थन नगर्ने स्थानीय तह वा उपभोक्ता समूहको कार्यालयको विद्युत् सेवासमेत बन्द गर्न सकिने व्यहोरा जानकारी गराइन्छ,’ जारी सूचनामा भनिएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया