गुजरात दंगा आरोपमा मोदीलाई सफाइ
काठमाडौं । गुजरातमा दंगा भड्काउन भूमिका खेलेको आरोप खेप्दै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अदालतबाट सफाइ पाएका छन् ।
सन् २००२ मा गुजरातमा भएको दंगामा तत्कालीन मुख्यमन्त्री मोदी जिम्मेवार नरहेको फैसला त्यहाँको सर्वोच्च अदालतले गरेको हो ।
मोदी उक्त दंगामा जिम्मेवार हुँदाहुँदै पनि समावेश नगरिएको भन्दै उनीविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । तर सर्वोच्चले उक्त रिट नै खारेज गरिदिएको छ । सर्वोच्चले गुजरात दंगामा उच्च अधिकारीबाट हिंसा भड्काउने कार्य नभएको पनि फैसला गरेको छ ।
मोदी गुजरात राज्यको मुख्य मन्त्री छँदा सन् २००२ मा कैयनको ज्यान जानेगरी त्यहाँ दंगा फैलिएको थियो । जसमा मोदी संलग्न रहेको आरोप लाग्दै आएकोमा उनले त्यसबाट मुक्ति पाएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया