भारतका दुई राज्यमा आज विधानसभा चुनाव
काठमाडौं । भारतको पञ्जाब र उत्तर प्रदेशमा आज विधानसभा चुनावका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु मतदान साँझ ६ बजेसम्म हुनेछ ।
विधानसभाअन्तर्गत पञ्जाबको ११७ क्षेत्रमा चुनाव हुन लागेको हो । यी क्षेत्रमा १ हजार ३०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन् ।
उता, उत्तर प्रदेशमा पनि आजै विधानसभाअन्तर्गतको मतदान भइरहेको छ । यो प्रदेशको १६ जिल्लाका ५९ क्षेत्रमा मतदान भइरहेको हो ।
भारतमा सात चरणमा विधानसभा चुनाव गर्ने तय भएको छ । गत माघ २७ देखि सुरु चुनावको तेस्रो चरणअन्तर्गत आज दुई राज्यमा मतदान भएको हो ।
अन्तिम चरणको मतदान भने फागुन २३ मा हुँदैछ । सबै चरणका मतदान सकिएपछि मात्रै मतगणना सुरु गर्ने तयारी छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया