ललितपुर महानगरभित्र ठेलामा पानीपुरी र चटपटे बेच्न नपाइने
काठमाडौं । काठमाडौं उपत्यकामा हैजा फैलिएसँगै सर्तकता अपनाइएको छ । यसैबीच, हैजवा फैलिनबाट रोक्न भन्दै ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा ठेला गाढामा पानीपुरी र चटपटे बेच्न रोक लगाएको छ ।
पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा विज्ञहरूले औँल्याइरहेका छन् । यससँगै ललितपुरका मेयर चिरिबाबु महर्जनले आफ्नो महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् ।
अब अर्को निर्णय नभएसम्म महानगरभरी ठेलामा पानीपुरी र चटपटे बेच्न पाइने छैन । यसैलाई मध्यनजर गर्दै नगर प्रहरीले ठेलामा पानीपुरी र चटपटे बेच्नेहरूलाई महानगरबाट हटाएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया