न्यायालयमा विकृति भित्रिनुमा न्यायाधीश नियुक्तिमै समस्या छ : कानुनमन्त्री
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द वन्दीले न्यायलयमा विकृति र विसंगतिको सुरुवात न्यायाधीश नियुक्तीबाट हुने बताएका छन् ।
आइतबार राष्ट्रिय सभामा सांसदहरू उठाएको प्रश्नहरूको जवाफ दिँदै मन्त्री वन्दीले न्यायाधीश नियुक्ति गर्दा उसको योग्याता, क्षमता, निष्पक्षता र अहिलेसम्म गरेको कामका आधारमा नियुक्त नगर्दा समस्या आएको जिकिर गरे ।
‘न्यायाधीश नियुक्त गर्दा मेरो र तोरो मान्छे भनेर नियुक्ति गर्यौं । त्यसले गर्दा न्यायायलयमा राजनीतिक नियुक्ति भयो’, उनले भने, ‘पछिल्लो समय न्यायाधीश र कानुन व्यवसायीबीच बार्गेनिङको अडियो सार्वजनिक भएको छ । न्यायपरिषदको सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्य छानबिन टोली गठन भएको छ । त्यसले ४५ दिनमा आफ्नो प्रतिवेदन बुझाउँछ । प्रतिवेदन आएपछि संलग्न सबैलाई कारवाही हुन्छ ।’
मन्त्री वन्दीले न्याय क्षेत्र सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्कीको समितिले बुझाएको प्रतिवेदन कार्यान्वायनमा ल्याउने प्रतिवद्धता जनाएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया