ताइवानको वायुरक्षा क्षेत्रमा चीनले पठायो २९ लडाकु विमान
काठमाडौं (एजेन्सी) । चीनले ताइवानको वायु रक्षा क्षेत्रमा २९ वटा लडाकु विमान पठाएको छ । ती विमानहरू मध्ये १७ वटा लडाकु विमान, ६ बमवर्षक र अन्य सहयोगी विमानसहितका लडाकु विमानहरू दक्षिणपश्चिम क्षेत्रबाट मङ्गलबार टापुको वायुरक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको द स्टार अखबारले रक्षामन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ ।
यसअघि शुक्रबार अमेरिकी नौसेना पी–८ ए पोसेइडोन टोही विमान ताइवान स्ट्रेटमाथि उडेको थियो।
ताइवान स्ट्रेटमा अमेरिकी निगरानी विमानको उडान स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको लागि अमेरिकाको प्रतिबद्धताू को प्रदर्शनको रूपमा बुझ्ने गरिन्छ ।
ताइवानको विषयमा चीनले पछिल्लो समय सुरक्षा व्यवस्थालाई कडा पार्ने प्रयास गरिरहेको छ भने अमेरिकाले पनि यस विषयलाई अत्यन्तै महत्त्वपूर्ण रणनीतिक चासोकाका साथ अध्ययन गरिरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया