जहाज अवतरण हुन लाग्दा रनवेमा मान्छे हिँडेपछि…
काठमाडौं । विशेष अवस्थामा अनुमति लिएरबाहेक संसारभरका विमानस्थलको रनवेमा कोही पनि हिँड्न पाउँदैनन् । तर नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनमा यति भद्रगोल छ कि कर्मचारी रनवेबाटै ओहोरदोहोर गर्छन् ।
आइतबार कुवेतबाट एक सय सात यात्रु बोकेर आएको जहाज त्यही लापरबाहीका कारण भण्डै विमानस्थलमा दुर्घटना भएको थियो । तर पाइलटले तत्काल जहाज आकाशतिर फर्काएर दुर्घटना हुनबाट जोगाए ।
बिहान ३ः२० मा कुवेतबाट आएको जजिरा एयरलायन्सको विमान जे ९५४१ अवतरण हुनै लागेको थियो । विमान लगभग रनवेनजिकै पुगिसकेको थियो । तर केही व्यक्ति रनवेमा हिँडिरहेको देखेपछि पाइलटले विमान तत्कालै ओभरसुट गरे । र विमानस्थलको गैरजिम्मेवारीप्रति विमानस्थललाई जानकारी गराए ।
पाइलटको सुझबुझका कारण दुर्घटनाबाट जोगिएको विमानले करिब २० मिनेट काठमाडौंको आकाशमा फन्को लगायो ।
विमानस्थलको रनवेमा हिँड्ने व्यक्ति नेपाल एयरलाइन्सका तर्फबाट खटिएका सफाइ कर्मचारी भएको खुलेको छ । नेपाल विमानस्थलले विमानस्थल सफाइका लागि सुनगाभा नामक कम्पनीलाई जिम्मा दिएको छ । जजिराको विमान अवतरण गर्ने क्रममा सोही कम्पनीका कर्मचारी रनवेमा हिँडिरहेका थिए । यो घटनाले फेरि एकपटक विमानस्थलभित्र हुने गम्भीर सुरषा लापरबाही छताछुल्ल भएको नयाँ पत्रिका दैनिकले लेखेको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया