देशभर मनसुनी वायुको प्रभाव: हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनको प्रभाव रहेको छ । उक्त प्रणालीको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका पहाडी भूभागका धेरै र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
साथै, प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ । रातको समयमा देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, प्रदेश नं १, मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया