आर्थिक संकट समाधानबारे शेखरले बोलाएको छलफलमा विज्ञले के दिए सुझाव ?
काठमाडौं । आर्थिक क्षेत्रका विज्ञहरूले अर्थव्यवस्थालाई मझबुत बनाउन प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् । डा. शेखर कोइरालाले आयोजना गरेको देशको पछिल्लो राजनीतिक अवस्था र आर्थिक स्थितिबारेको छलफलमा सहभागी विज्ञहरूले अर्थतन्त्रको सुधारको जस कांग्रेसले लिनुपर्ने भन्दै यो संकटमा सुधारको लागि पहलकदमी पनि कांग्रेसको नै भएकोमा जोड दिएका हुन् ।
‘देशको आर्थिक अवस्था साह्रै नराम्रो भयो । यसरी देश चल्दैन । आर्थिक संकटबाट पार लगाउन आर्थिक सुशासन कायम गर्नुपरयो भन्नेमा विज्ञहरूले जोड दिनुभएको छ छलफलमा सहभागी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखेरेलले नेपालवाचसँग भने, आर्थिक सुशासन कायम गर्ने सवालमा अर्थतन्त्र चलाउन कोही योग्य छैनन् भने र्फेनुपर्ने, अर्थतन्त्रको जगलाई बलियो बनाउन सुधारका काम गर्नुपर्नेसहितका सुझाव दिएका छौं ।’

यस आर्थिक स्थितिको सुधारको निम्ति जस लिने कांग्रेसले यो संकटबाट समाधान गराउन पनि जिम्मेवारी देखाउनुपर्ने जोड दिएका थिए । विज्ञहरूले अर्थतन्त्रको समग्र सुधारका लागि कांग्रेसको नीति के हो भन्दै सेकेण्ड रिफर्मको लागि काम गर्न पनि आग्रह गरेको जानकारी पोखरेलले दिए । छलफलमा पोखरेलसहित पूर्वमुख्यसचिव डा. विमल कोइराला, पत्रकार तथा विश्लेषक अच्युत वाग्ले, पुरञ्जन आचार्य र व्यवसायी नरेश श्रेष्ठ सहभागी थिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया