बझाङमा ४४ मन्दिरका लागि ३ करोड २६ लाख बजेट
सुनिल मण्डेल (बझाङ) । सुदूरपश्चिम प्रदेश सरकारले मन्दिर र चर्चमा २८ करोड बजेट विनियोजन गरेको छ । सरकारले प्रदेश पर्यटन विकास कार्यक्रमको बजेटबाट सुदुरपश्चिम प्रदेशका ९ जिल्लाका ३४४ मन्दिर र चर्च निर्माण गरिने वार्षिक विकास कार्यक्रममा समेटेको छ ।
आर्थिक वर्ष २०७७७८ मा १५ करोड र २०७८र७९ मा करिब १७ करोड बजेट समुदाय विशेषका मन्दिर र चर्च निर्माण गर्न खर्च गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा मन्दिर निर्माण गर्न २८ करोड बढी बजेट छुट्याएको हो । बझाङ जिल्लाका ४४ वटा मन्दिरका लागि ३ करोड २६ लाख बजेट विनियोजन गरिएको छ ।
मन्दिर र चर्चका लागि सबैभन्दा बढी ८ करोड ३१ लाख आर्थिक मामिला मन्त्री प्रकाश रावलको जिल्ला कञ्चनपुरमा छ, भने सबैभन्दा कम ९० लाख बाजुराका लागि विनियोजन गरिएको छ ।
प्रदेशका ९ जिल्लामा ३ सय ४४ मन्दिर र चर्चका लागि सरकारले ५ लाखदेखि ३० लाखसम्म छुट्याएको छ । प्रदेश सरकारले आगामी वर्षको बजेटमा कैलालीमा ४४ मन्दिर र चर्च निर्माण गर्न ३ करोड ८५ लाख, बैतडीमा ४६ मन्दिरका लागि ४ करोड ९ लाख, डोटीमा २४ मन्दिरका लागि १ करोड ५८ लाख बजेटको व्यवस्था गरेको छ ।
यसैगरी, अछामका २७ मन्दिरका लागि २ करोड २० लाख, डडेल्धुरामा १८ मन्दिरका लागि १ करोड ६८ लाख र दार्चुलामा ३४ मन्दिरका लागि २ करोड ७४ लाख बजेट छुट्याइएको छ ।
ताजा अपडेट
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली


प्रतिक्रिया