एमसिसी संसदमा टेबल गर्न सत्तारूढ दलबीच सहमति
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसदमा टेबल गर्न सत्तारूढ दलबीच सहमति जुटेको छ ।
बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले एमसिसी संसदमा टेबल गर्न सहमति जुटाएको नेकपा एसका नेता माधवकुमार नेपालले जानकारी दिए । संसद बैठक आजै १ बजे बस्दैछ ।
एमसिसीलाई तत्काल पास गरेर जानुपर्ने कांग्रेस र संसोधनसहित पर्याप्त छलफल गरेर जानुपर्ने माओवादी केन्द्र र नेकपा एसबीच कुरा मिल्न सकेको थिएन । गत शुक्रबार सकारकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार एमसिसीको विषयमा सत्तारूढ दलबीच निष्कर्ष निकाल्ने दाबी गरेका थिए ।
एमसिसी पास गरेरै छोड्ने अडानमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी र नेकपा एसले नमाने एमालेको साथ लिएर भए पनि एमसिसी पास गरेर अघि बढ्ने तयारीमा थिए । एमसिसीको विषय सत्ता गठबन्धनमा नै समस्या आउने भएपछि कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपा संसदमा एमसिसी पेश गर्न तयार भएका हुन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु सहभागी थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया