थप ४१ जनामा कोरोना पुष्टि, २० संक्रमणमुक्त

काठमाडौं । गत २४ घण्टामा थप ४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा २० जना कोरोनामुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको कुल संख्या ९ लाख ६७ हजार ४०९ पुगेको छ ।
गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा नेपालमा सक्रिय संक्रमितको संख्या २०८ रहेको छ ।
प्रतिक्रिया