कसले भाइरल बनायो मेसी सोफामै निदाएको तस्बिर ?

काठमाडौं । अर्जेन्टिनी फुटबलर लियोनल मेसीको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
विश्वकै सर्वोत्कृष्ट फुटबलर रहेका मेसीले गोल गरिरहेको वा फुटबलमा राम्रो कला देखाएको तस्बिर भाइरल भएको होइन । उनी सोफामै निदाइरहेको तस्बिर भाइरल भएको हो ।
क्लब सिजनपछिको अन्तर्राष्ट्रिय ब्रेक पनि सकिएको छ । यसर्थ, अहिले अधिकांश फुटबरजस्तै मेसी पनि फुर्सदमा छन् । यसैले, उनी श्रीमती र तीन छोरासहित स्पेनको इबिजा टापुमा विदा मनाइरहेका छन् । अर्जेन्टिनाका कप्तानसमेत रहेका मेसीले तीन दिनअघि मात्र त्यहाँ आफ्नो राष्ट्रिय टोलीका सदस्यहरूसहित जन्मदिन मनाए ।
त्यहाँ अरु देशका फुटबलरसमेत गएका थिए । स्पेनकै सेस फाब्रिग्यास र उरुग्वेका लुइस स्वारेज पनि परिवारसहित गएका थिए । बार्सिलोना क्लबका पूर्वटिममेट भेट भएपछि त्यहाँ रमाइलो गरेका थिए ।
यसैक्रममा मेसी थकित भएर होटलको सोफामै निदाएका थिए । सोही अवस्थाको तस्बिर खिचेर अहिले स्वारेजले भाइरल बनाएको बताइएको छ ।
रोनाल्डिन्होविरुद्ध खेल्नेमात्र होइन जित नै निकाल्ने भाग्यमानी नेपाली खेलाडी बने रोहित
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया