कसले भाइरल बनायो मेसी सोफामै निदाएको तस्बिर ?
काठमाडौं । अर्जेन्टिनी फुटबलर लियोनल मेसीको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
विश्वकै सर्वोत्कृष्ट फुटबलर रहेका मेसीले गोल गरिरहेको वा फुटबलमा राम्रो कला देखाएको तस्बिर भाइरल भएको होइन । उनी सोफामै निदाइरहेको तस्बिर भाइरल भएको हो ।
क्लब सिजनपछिको अन्तर्राष्ट्रिय ब्रेक पनि सकिएको छ । यसर्थ, अहिले अधिकांश फुटबरजस्तै मेसी पनि फुर्सदमा छन् । यसैले, उनी श्रीमती र तीन छोरासहित स्पेनको इबिजा टापुमा विदा मनाइरहेका छन् । अर्जेन्टिनाका कप्तानसमेत रहेका मेसीले तीन दिनअघि मात्र त्यहाँ आफ्नो राष्ट्रिय टोलीका सदस्यहरूसहित जन्मदिन मनाए ।

त्यहाँ अरु देशका फुटबलरसमेत गएका थिए । स्पेनकै सेस फाब्रिग्यास र उरुग्वेका लुइस स्वारेज पनि परिवारसहित गएका थिए । बार्सिलोना क्लबका पूर्वटिममेट भेट भएपछि त्यहाँ रमाइलो गरेका थिए ।

यसैक्रममा मेसी थकित भएर होटलको सोफामै निदाएका थिए । सोही अवस्थाको तस्बिर खिचेर अहिले स्वारेजले भाइरल बनाएको बताइएको छ ।
रोनाल्डिन्होविरुद्ध खेल्नेमात्र होइन जित नै निकाल्ने भाग्यमानी नेपाली खेलाडी बने रोहित
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया