धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालले गरे पदभार ग्रहण
काठमाडाैं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन् । आइतबार बोर्डको कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई आगामी कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको थियो । हमाललाई शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष पद तथा गोपनियताको सपथ गराएका थिए ।
सर्वोत्तम सिमेन्ट सेयर प्रकरणमा मुछिएपछि बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले जाँचबुझ समितिको प्रतिवेदनका आधारमा असोजमा बर्खास्त गरेको थियो । ढुंगानालाई हटाइपछि बोर्ड लामो समयदेखि नेतृत्वविहीन हुदै आएको थियो । नवनियुक्त अध्यक्ष हमालले अब २ वर्ष काम गर्न पाउनेछन् ।
हमालसँग २९ वर्ष सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव रहेको छ । त्यसैगरी उनीसँग १५ वर्ष विदेशमा काम गरेको अनुभव छ ।
उनले बैंककमा संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रम (युएनइपी) को क्षेत्रीय कार्यालयमा कोष व्यवस्थापकको रुपमा काम गरेका थिए ।
हमालले बेलायती लगानी कन्सल्टेन्ट तथा रियल स्टेट डेभलपमेन्ट कम्पनी ग्रिन हेरिटेज ग्रुपमा १५ वर्ष सिनियर म्यानेजमेन्टदेखि प्रमुख कार्यकारी अधिकृतसम्म भएर काम गरेका थिए ।
उनले एनआरएन थाइल्यान्डको अध्यक्ष भएर २ कार्यकाल काम गरिसकेका छन् । साथै उनी थाइ(नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष पनि भइसकेका छन् ।
उनले थाइल्यान्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट पूर्ण छात्रवृतिमा इन्टरनेसनल बिजेनस एन्ड फाइनान्समा एमबिए गरेका छन् । त्यसैगरी भारतको रिजनल इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इलेक्ट्रिकल इन्जिनियरिङ गरेका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया