ब्याट्री सर्ट भएर ट्रकमा आगो लाग्यो
सप्तरी । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोसी ब्यारेज नजिक आज बिहान एउटा ट्रकमा आगलागी भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कोसी ब्यारेजदेखि पश्चिमपट्टि पर्ने कङ्कालिनी मन्दिरको बीचमा ना६ख ५२६३ नंको ट्रकमा अचानक आगलागी भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
चकलेट खाली गरी पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त ट्रक ब्याट्री सर्ट भई सो आगो लागेको प्रहरीको भनाइ छ ।
आगलागीबाट ट्रकको अगाडिको भागमा पूर्ण रूपमा क्षति भएको छ भने अन्य भागमा समेत क्षति भएको स्थानीयवासीले जनाएका छन् ।
ट्रकमा आगलागी भएपछि तत्काल इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी र हनुमानगर कङ्कालिनी नगरपालिकाको बारुणयन्त्रले आगो निभाएका थिए ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया