पोखरीमा डुबेर कैलालीमा दुई बालिकाको मृत्यु
कैलाली । जिल्लाको लम्कीचुहा नगरपालिका–८ मलभङ्गा गाउँमा पोखरीमा डुबेर बेहोस भएका दुई बालिकाको उपचारका क्रममा गए राति मृत्यु भएको छ ।
मृत्यु हुनेमा मलभङ्गा गाउँका लालबहादुर बिष्टकी सात वर्षीया छोरी आश्रिया र भीमबहादुर कुवँरको छ वर्षीया छोरी भावना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।
गाउँमा रहेको इँटाभट्टामा खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा सोमबार बेलुका बालिका डुबेको देखेपछि स्थानीयवासीले उद्धार गरी बर्दगोरियास्थित खापर हेल्थ क्लिनिकमा पुर्याएका थिए । क्लिनिकमा उपचारका क्रममा राति मृत्यु भएको जनाइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया