पाल्पा- बुटवल सडक अवरुद्ध
काठमाडाैं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । अबिरल वर्षाले पाल्पा खण्डको दोभानदेखि सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।
आज बिहानैदेखि नै पहिराले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आवश्यक पर्ने साधन तथा उपकरणको बन्दोबस्त भए पनि अहिले पानी परिरहेकाले पहिरो हटाउन नसकिएको प्रहरीले जनाएको छ
लेदोसहितको पहिरो खसेर सडक बन्द हुँदा आवतजावतमा यात्रुलाई कठिनाई परेको छ । सडक बन्दले यस राजमार्ग भएर गुड्ने कुनैपनि सवारीसाधन चलेका छैनन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया