नबिल एसइइलाई सामाजिक उद्यमशीलताको सक्षमकर्ता अवार्ड
काठमाडौं । नबिल बैंकले नबिल सामाजिक उद्यमशीलता कार्यक्रमअन्तर्गत ‘नबिल स्कुल’ वा ‘सामाजिक उद्यमशीलता नबिल एसईई’हरूलाई अवार्ड प्रदान गरिएको छ ।
कार्यक्रमको पहिलो ब्याचका २० फेलोहरूले सामाजिक उद्यमशीलताको सक्षमकर्ता अवार्ड प्राप्त गरेका छन् । नेपाल उद्योग परिसंघअन्तर्गतको ‘सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट २०२२’ मा नबिल सामाजिक उद्यमशीलता कार्यक्रमअन्तर्गत पहिलो ब्याचका २० सहभागीलाई सामूहिक रूपमा अवार्ड प्रदान गरिएको हो ।
०७८ साल चैत ७ गतेदेखि सुरु गरिएको पहिलो ब्याचको फेलोसिप कार्यक्रमअन्तर्गत देशभरका ३५० आवेदकमध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वाविद्यालय आबद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा सञ्चालन गरिएको छ ।
फेलोसिप कार्यक्रमका सहभागीले कृषि, सूचना प्रविधि, हस्तकला, खाद्यान्न, कपडा उत्पादन, कफीशप सञ्चालनलगायत क्षेत्रमा सामाजिक उद्यम अघि बढाएका छन् । उक्त कार्यक्रमअन्तर्गत सात नेपाली स्टार्टअपहरूले व्यवसाय विस्तारका लागि २४ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया