काठमाडौंमा सहायक प्रजिअको जिम्मेवारीमा दुई महिला
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दुईजना महिलालाई सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को जिम्मेवारी दिइएको छ ।
काठमाडौं जिल्लाको प्रमुख प्रशासकीय अड्डाका रूपमा रहेको काठमाडौं जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी पाउनेमा सहायक प्रजिअ सुप्रभा खनाल र देवी पाण्डे रहेका छन् ।
प्रशासन शाखाको प्रमुख समेत रहेकी खनाललाई सूचना अधिकारीको पनि जिम्मेवारी दिइएको छ । यस्तै पाण्डेलाई नागरिकता शाखा प्रमुख तोकिएको छ ।
खनाल मोरङको विराटनगर महानगरपालिका ५ स्थायी बासिन्दा हुन् ।
यस्तै पाण्डेको स्थायी घर गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६ हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया