अवरुद्ध पाल्पा–बुटवल सडक सञ्चालन

रामपुर । पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ ।
अविरल वर्षाका कारण पाल्पा खण्डको दोभानबाट सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको थियो ।
सो क्षेत्रमा पहिरो हटाइएपछि केहीबेरअघिबाट सडक खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
लेदोसहितको पहिरो खसेर बिहानै सडक बन्द हुँदा यात्रुले सास्ती खेप्नुपरेको थियो । सडक खुलेपछि अहिले यस राजमार्ग भएर गुड्ने सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया