NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

रुसका प्रमुख प्रतिपक्षी नेता इल्या यासिन पक्राउ

मस्को । रुसी विपक्षी नेता इल्या यासिनलाई मस्कोमा पक्राउ गरिएको उनका वकिल भदिम प्रोखोरोभले मंगलबार जानकारी दिएका छन् । उनीमाथि प्रहरीको अवज्ञा गरेको आरोप लागेको फेसबुकमा प्रोखोरोभले लेखेका छन् ।

यासिनलाई जेलमा राख्ने, रिहा गर्ने वा घरमै नजरबन्दमा राख्ने भन्ने मस्कोको एक अदालतले मङ्गलबार निर्णय गर्न सक्ने बताइएको छ । यस आरोपमा अधिकतम १५ दिनको जेल सजाय हुन सक्ने प्रवधान रहेको प्रोखोरोभले बताएका छन् ।

यासिनलाई आफ्ना व्यक्तिहरुलाई भेट्न अनुमति दिएइएको छैन् । मंगलबार बिहान एक ट्वीटमा यासिनले सेल्फी पोस्ट गर्दै अदालतको सुनुवाइमा जाँदै गरेको र ‘मलाई १५ दिनको हिरासतको औपचारिक रूप दिनेछ, विवरण पछि बताउनेछु उनले भनेका छन् ।

यासिनलाई सोमबार ढिलो पक्राउ गरिएको र उनी आफ्नो साथी इरिना बाब्लोयनसँग मस्कोको पार्कमा टहलिरहेका थिए । आफ्नो गिरफ्तारीको समयमा कसम खार्दै आफूले प्रहरीको अपमान नगरेकाे र यो कुरा सत्य नभएको उनले जानकारी दिएका छन्

यासिन सन् २०११-२०१२ मा राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध भएको जनप्रदर्शनपछि रुसमा प्रमुख प्रतिपक्षी व्यक्तित्वका रूपमा रहेका थिए ।

उनी जेलमा परेका विपक्षी व्यक्तित्व अलेक्सई नाभाल्नीको सहयोगी हुन् । सन् २०१५ मा मध्य मस्कोमा मारिएका विपक्षी नेता बोरिस नेम्त्सोभको नजिक थिए । उनले मस्को सहर जिल्लाको प्रतिनिधित्व गर्ने निर्वाचित प्रतिनिधि हुन् । हाल युक्रेनमा रुसले जारी राखेको आक्रमणको उनले निन्दा गरेका छन् ।