वैदेशिक रोजगारीमा ठगिएका परिवारलाई क्षतिपूर्ति

बागमती । मकवानपुरबाट वैदैशिक रोजगारीमा जाने क्रममा विभिन्न कारणले ठगिएर दुःख पाएका परिवारलाई हेटौँडाको एक संस्थाको सहयोगमा रु दुई करोड ५२ लाख ५७ हजार सम्बन्धित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइएको छ ।
हेल्भिटास नेपालको सहकार्यमा मकवानपुरको हेटौँडामा रहेको सुरक्षित आप्रवासन स्रोत केन्द्रको सहयोगमा सो रकम उपलब्ध गराइएको हो । वैदैशिक रोजगारमा जाने क्रममा निधन भएका र ठगी तथा विदेशी रोजगारदाता कम्पनीसँग असुलउपर गर्न बाँकी रहेको सो रकम सम्बन्धित परिवारलाई भुक्तानी गरिएको हो ।
हेल्भिटास नेपालको सुरक्षित आप्रवासन सामी परियोजना कार्यक्रमका संयोजक अन्जिता थापामगरका अनुसार लामो समयको पहलपछि सो केन्द्रको सहयोगमा क्षतिपूिर्त उपलब्ध गराइएको हो । केन्द्रमा ठगीका ५०, उद्धारका २५ तथा मृत्युका २८ मुद्दा दर्ता भएका थिए । एकीकृत ग्रामीण विकास सेवा संस्थाको साझेदारीमा उक्त परियोजना स्थानीय तहमार्फत सञ्चालन हुँदै आएको छ ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया