वैदेशिक रोजगारीमा ठगिएका परिवारलाई क्षतिपूर्ति
बागमती । मकवानपुरबाट वैदैशिक रोजगारीमा जाने क्रममा विभिन्न कारणले ठगिएर दुःख पाएका परिवारलाई हेटौँडाको एक संस्थाको सहयोगमा रु दुई करोड ५२ लाख ५७ हजार सम्बन्धित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइएको छ ।
हेल्भिटास नेपालको सहकार्यमा मकवानपुरको हेटौँडामा रहेको सुरक्षित आप्रवासन स्रोत केन्द्रको सहयोगमा सो रकम उपलब्ध गराइएको हो । वैदैशिक रोजगारमा जाने क्रममा निधन भएका र ठगी तथा विदेशी रोजगारदाता कम्पनीसँग असुलउपर गर्न बाँकी रहेको सो रकम सम्बन्धित परिवारलाई भुक्तानी गरिएको हो ।
हेल्भिटास नेपालको सुरक्षित आप्रवासन सामी परियोजना कार्यक्रमका संयोजक अन्जिता थापामगरका अनुसार लामो समयको पहलपछि सो केन्द्रको सहयोगमा क्षतिपूिर्त उपलब्ध गराइएको हो । केन्द्रमा ठगीका ५०, उद्धारका २५ तथा मृत्युका २८ मुद्दा दर्ता भएका थिए । एकीकृत ग्रामीण विकास सेवा संस्थाको साझेदारीमा उक्त परियोजना स्थानीय तहमार्फत सञ्चालन हुँदै आएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया