अमेरिकी राष्ट्रपतिलाई रुसमा प्रतिबन्ध
काठमाडौं (एजेन्सी) । अमेरिकी राष्ट्रपति जो बाइडेन उनकी पत्नी र छोरीलाई रूस भ्रमणमा प्रतिबन्ध लगाइएको छ । मस्कोले अन्य २३ अमेरिकीलाई पनि यात्रामा प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले मंगलबार जनाइएको छ ।
रुसी राजनीतिक र सार्वजनिक व्यक्तित्वविरुद्ध लगातार विस्तार भइरहेको अमेरिकी प्रतिबन्धको प्रतिक्रियाको रूपमा २५ अमेरिकी नागरिकलाई ‘स्टप लिस्ट’मा थपिएको मन्त्रालयले सूचीसँगै रहेको नोटमा जानकारी दिइएको छ ।
सूचीमा मेनका सुसान कोलिन्स, केन्टकीका मिच म्याककोनेल, आयोवाका चार्ल्स ग्रास्ले, न्यूयोर्कका कर्स्टन गिलिब्रान्डलगायत धेरै अमेरिकी सिनेटर रहेका छन् ।
यसमा धेरै विश्वविद्यालयका प्राध्यापक र अनुसन्धानकर्ता र अमेरिकी सरकारका पूर्वअधिकारी पनि सामेल रहेका छन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया