जनकपुरधाम जलमग्न
जनकपुर । दुई दिनदेखिको वर्षाका कारण जनकपुरधाम जलमग्न भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर डुबानमा परेका छन् ।
पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती नै जलमग्न भएको उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जानकारी दिए ।
अधिकांश घरमा पानी पसेपछि स्थानीयवासी समस्यामा परेका छन् । पानी निकासको समस्या समाधान नहुँदा बर्सेनि डुबानको समस्या हुने गरेको छ ।
वर्षाका कारण जनकपुरधामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेको छ । जिल्ला प्रशासन, जिल्ला प्रहरी, आन्तरिक राजस्व, हुलाकलगायत सरकारी कार्यालय परिसरमा पानी जमेको छ । बजार डुबानमा परेपछि व्यापार व्यवसाय चौपट भएको छ । अहिलेसम्म मधेस प्रदेशमा कुनै मानवीय क्षति नभएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय धनुषाले वर्षा जारी रहेकाले नदी आसपासका स्थानीयवासीलाई सचेत रहन आग्रह गरेको छ । कमला नदी र रातुखोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रका स्थानीयवासीलाई सचेत हुन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले आग्रह गरेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया