प्रदेश नं १ मा अठार प्रतिशत रोपाइँ सम्पन्न
विराटनगर । मनसुन प्रारम्भ भएदेखि नै वर्षेधान रोपाइँ पनि सुरु भएको छ । प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा कूल ६१ हजार ३०३ दशमलव ९१ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ । गत वर्ष आजको अवधिसम्ममा १८ दशमलव शून्य छ प्रतिशत रोपाइँ भएको थियो भने यस वर्ष आजसम्ममा १७ दशमलव ९९ प्रतिशत रोपाइँ भएको बताइएको छ ।
मन्त्रालयबाट प्राप्त जानकारीअनुसार उच्च पहाडी क्षेत्रमा तीन हजार ७४९, मध्यपहाडी क्षेत्रमा २३ हजार ८०९ र तराईमा ३३ हजार ७४५ हेक्टर जग्गामा रोपाइँ भएको छ ।
प्रदेशमा कूल आठ लाख २६ हजार ६४६ हेक्टर खेतीयोग्य जमिन रहे पनि तीन लाख ३४० हजार ८२९ हेक्टर जग्गामा धान लगाउने गरिएको छ ।
वर्षेधानबालीका निम्ति आवश्यक पर्ने रासायनिक मलमा युरिया र डिएपीको अभाव रहेको कृषकहरुको गुनासो छ भने युरिया पाउँदा डिएपी नपाउने र डिएपी पाउँदा युरिया नपाउने स्थितिलाई समाप्त पारी कृषकलाई युरिया र डिएपीसँगै दिनुपर्ने प्रदेश सभासदस्य चुमनारायण तवदारले जानकारी दिनुभयो ।
यसैगरी यस वर्ष धानवर्षका अवसरमा ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ नाराले किसानलाई राहत प्रदान गर्न सरकार किसानको मागमा गम्भीर हुनुपर्ने सदस्य तवदारको भनाइ छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया